काठमाण्डौ उपत्यकासहित देशभर वर्षा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण ११, बुधबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

साउन १०,काठमाडौँ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको छ भने केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् निराजन सापकोटाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित वाग्मतीका केही ठाउँ, प्रदेश-१,गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकरदुई ठाउँमा ठूलो पानी परिरहेको छ ।

आज दिउँसो पनि देशका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षा भइरहे पनि नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले गाडीको आवागमनमा कुनै समस्या नरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले यो सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस